नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले १८ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले भदौ १५ गते, मंगलबारदेखि न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकेर उक्त संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेड नक्सालबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया