शेयर बजार सूचक नेप्से साताको पहिलो कारोबार दिन पनि उच्च अंकले घटेको छ । गत साता दुई कारोबार दिनको उच्च गिरावटपछि बिहीबार साढे १७ अंकले बढेपनि आइतबार पनि बजार गिरावटले निरन्तरता पाएको हो ।
नेपाल राष्ट्र बैंकले मार्जिक प्रकृतिको कर्जामा एक व्यक्तिले एकाघरको परिबारमा बढीमा १२ करोड सम्मको मात्र कर्जालिन पाउने सीमा लागू गरेपछि त्यसको असर बजारमा परेको हो । राष्ट्र बैंकको व्यवस्थाले केही ठूला कारोबारीहरुलाई असर पुग्ने भएपनि त्यसको प्रभाव भने किनै ठूलो देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.५८ प्रतिशत अर्थात ४९.१८ अंकले घटेर ३०४४.८६ बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ८.५७ अंकले घटेर ५६२.८८ बिन्दुमा झरेको छ ।
घटेको बजारमा पनि साढे १५ अर्बभन्दा धेरैको शेयर कारोबार भएको छ भने दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । उता रुरु जलविद्युत परियोजनको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घटेको छ ।
यसदिन कूल २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर १ लाख ५९ हजार १३७ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रूपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स बाहेक सबै समुहको सूचक राताम्मे बनेको छ । हाइड्रोपावर सर्वाधिक २.४२ प्रतिशतले घट्दा बैंकिङ्ग,ब्यापार, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा, र लगानी सूचक साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक १ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली ८७.०९ करोड, जीवन विकास लघुवित्त ७४.९२ करोड, र आइसिएफसि फाइनान्सको ३८.१२ करोडको शेयर खरीद बिक्री भएको छ ।
हिमालयन डिष्टिलरी, अपि पावर, जानकी फाइनान्स, नेशनल हाइड्रोपावर, गुडविल फाइनान्स र लुम्बिनी विकास बैंक शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा अटाएको छ । दशौं ठूलो कारोबार भएको लुम्बिनी विकास बैंकको २७.६५ करोडको शेयर कारोबार भएको छ ।
आइतबार नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको मूल्य १० प्रतिशतले बढेर नारायणीको ११३७ रूपैयाँ ४० पैसा र खानीखोलाको ४३२ रूपैयाँ ३० पैसा पुगेको छ । अरुण भ्याली हाइड्रोपावर, जानकी फाइनान्स, सिभिल लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, गुहेश्वरी मर्चेन्ट, गुडविल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक र श्री इन्भेष्ट एण्ड फाइनानस शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीम समेटिएका छन् ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2021-08-29 15:00:00 | |||
| NABBC | 1,137.40 | 103.40 | 10.00 |
| KKHC | 432.30 | 39.30 | 10.00 |
| AHPC | 775.00 | 54.50 | 7.56 |
| JFL | 796.00 | 52.00 | 6.99 |
| CLBSL | 1,670.00 | 99.00 | 6.30 |
| MKLB | 414.50 | 23.80 | 6.09 |
| GMFIL | 745.00 | 42.10 | 5.99 |
| GFCL | 974.00 | 54.00 | 5.87 |
| MDB | 822.00 | 42.00 | 5.38 |
| SIFC | 716.00 | 34.00 | 4.99 |
आइतबार रूरू जलविद्युत परियोजना कम्पनीको शेयर लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको शेयरमूल्य घटेर १४९५ रूपैयाँ ८० पैसामा झरेको छ । सिंगटी हाइड्रोपावर, गोर्खाज फाइनान्स, सिईडिबि हाइड्रोपावर, र बरुण हाइड्रोपावरको मूल्य पनि ५ प्रतिशतका दरले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया