धितोपत्र बजार आज बन्द रहने

0
Shares

सोमबार (आज) धितोपत्र बजार बन्द रहने भएको छ ।

सरकारले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा सार्वजनिक विदा दिएको छ । सरकारले सार्वजनिक विदा दिएसँगै शेयर कारोबार बन्द हुने भएको हो ।

धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अब मंगलबार मात्र शेयर कारोबार हुनेछ ।

नेपाल राष्ट्र बैंकले मार्जिक प्रकृतिको कर्जामा कडाई गर्दै १२ करोडको सीमा लागू गरेपछि आइतबार नेप्से सूचक ४९.१८ अंकले घटेर ३०४४.८६ बिन्दुमा झरेर बन्द भएको थियो । आइतबार २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

आइतबार कायम भएको बिन्दुलाई आधार मानेर मंगलबार शेयर बजार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।