बुध्द एयरको कार्गो सेवामा थप सुविधा

0
Shares

निजी क्षेत्रको हवाई सेवा कम्पनी बुध्द एयरले सञ्चालन गरिरहेको कार्गो सेवालाई थप विस्तार गर्दै उपाय सिटी कार्गोसँग सम्झौता गरेको छ ।

बुध्द एयरले शुरुवातदेखि नै कार्गो सेवा प्रदान गरिरहेको यस सेवालाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार सुरुआतमा काठमाडौं, भैरहवा, पोखरा गरी तीन शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि सेवा दिनेछन् । कार्गो सेवा सुरक्षितका साथै संक्रमण रहित हुने बुध्द एयरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कार्गो सेवा उपायडटकमको मोबोइल एपमा उपलब्ध छ । कार्गोका लागि के कति शुल्क लाग्ने हो कम्पनीको कल सेन्टर मार्फत र मोबाइल एप मार्फत जानकारी पाइने बुध्द एयरले बताएको छ । मोबाइल एपबाट सजिलै कार्गो संकलनका लागि बोलाउन सकिन्छ ।

बुध्द एयरले भदौ १६ गतेदेखि प्रादेशिक स्तरबाट पोखरा–सिमरा सिधा उडान सुरु समेत गर्दैछ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गर्न लागेको हो ।

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले प्रादेशिक उडानलाई विस्तार गर्दै आएको छ । यसअघि काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश समेत उडान विस्तार गर्न थालेको हो ।  जस अन्तर्गत पोखराबाट भैरहवा, भरतपुर (चितवन) र नेपालगञ्जमा सिधा उडान विस्तार गरेको बुद्ध एयरले जानकारी दिएको छ।

बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।