सनराइज फर्स्टको प्रतिफल पाउन मंगलबारसम्म इकाईधनी बन्नुपर्ने

0
Shares

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रस्तावित नगद लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते, एक दिन बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ १५ गते, मंगलबारसम्म कायम इकाईधनीले मात्र प्रतिफल पाउनेछन् ।

सनराइज फस्र्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७।७८ का लागि कर सहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड र कोष प्रवद्र्धक सनराइन बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।