
सनराइज फर्स्ट म्युचुअल फण्डको समायोजित इकाईमूल्य १३.१३ रुपैयाँ निर्धारण भएको छ ।
सनराइज फर्स्टले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डले आव २०७७/७८ बाट आफ्ना इकाईधनीलाई करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित बुधबार बुक्लोज गरेको हो ।
बुकक्लोजसँगै मंगलबार कारोबार भएको अन्तिम मूल्य १८.१३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
भदौ १६ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको इकाई समायोजन भएको मूल्य १३.१३ रुपैयाँलाई आधार मानेर कारोबार खुल्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया