नेपाल हाइड्रो डेभलपर्स कम्पनीको खुद नाफा गत आव २०७७/७८ मा घटेको छ ।
अघिल्लो आवमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा २६.३९ प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५ ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आय ७ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेकोमा यस्तो आम्दानी ३ करोड ११ लाख रुपैयाँले घटेको हो ।
कम्पनीले अन्य स्रोतबाट १ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आववमा ७ लाख ६६ हजार रुपैयाँ रहेकोमा १ करोड ३६ लाख रुपैयाँले बढेको हो ।
चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४.३५ रुपैयाँ घटेर ७.०४ रुपैयाँ छ । जगेडा कोषमा २ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.८० रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया