सानिमा लाईफको आईपीओ बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुने, नेप्सेमा २ करोड कित्ता सूचीकृत

0
Shares

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुने भएको छ ।

दोस्रो बजारमा कारोबार गर्ने प्रयोजनका लागि कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ६० लाख कित्ता साधारण शेयर सहित २ करोड कित्ता शेयर सूचीकृत गरेको छ ।

यससँगै कम्पनीको शेयर बिहीबार स्पेशल प्रि ओपनिङ्गमा कारोबार भएको खण्डमा भोलिदेखि नै नियमित कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको दोस्रो बजारमा शेयर कारोबार गर्न एसएलआई (SLI) कारोबार संकेत प्रदान गरेको छ ।

पहिलो कारोबार ३०९ रुपैयाँसम्म खुल्नसक्ने

कम्पनीको आईपीओ पहिलो कारोबारमा नै ३०९ रुपैयाँबाट कारोबार हुनसक्ने देखिएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०३.१७ रुपैयाँ देखि अधिकतम ३०९.५१ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

नेप्सेले प्राथमिक शेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु गर्ने हरेक कम्पनीको पहिलो कारोबारको लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा तय भएको नेटवर्थलाई आधार मान्ने गरेको छ । जसअनुसार नेप्सेले नेटवर्थलाई न्यूनतम सीमा र नेटवर्थको तीन गुणासम्म अधिकतम सीमा तोकर ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.१७ रुपैयाँ छ ।

सानिमा लाईफले साउन २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेमा कर्मचारीहरुलाई र सामूहिक लगानी कोषहरुलाई ३।३ लाख कित्ता छुट्टाएर बाँकी ५४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका बमोजिम कम्पनीको आईपीओ ५ लाख ४० हजारले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् । उक्त आईपीओको बाँडफाँड साउन ३० गते शनिबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।