दुई कम्पनीको ४२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार नागरिक लगानी कोष (सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट) र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको ४२ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले गत असार १८ गते सम्पन्न साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ९ प्रतिशतले हुन आउने २७ लाख कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

गत असार १८ गते सम्पन्न कोषको २६ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो । सभा प्रयोजनका लागि कोषले असार ८ गते शेयर दाखिला खारेजी गरेको थियो ।

त्यसैगरी स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तको २०७७ चैत्र ११ गते सम्पन्न साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १९.००५६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि गत फागुन २८ गते शेयर दाखिला खारेजी गरेको थियो ।

बुक क्लोज भन्दा अघिल्लो दिन सम्म कायम शेयर धनीले मात्र उक्त शेयर पाउनेछन् । उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।