‘एनएमबि सरल बचत फन्ड इ’ को ४ करोड इकाइको बिक्री खुल्यो

0
Shares

एनएमबि सरल बचत फन्ड–इ को ४ करोड इकाई आज (भदौ १७ गते बिहीबार) देखि सर्वसाधारणमा बिक्री खुला भएको छ ।

फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशतले हुन आउने ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो ।

एनएमबि क्यापिटलले बिक्रीमा ल्याएको यो पहिलो खुलामुखी योजना हो ।

निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखीएको छ । बाँकी २ करोड ५० लाख इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस सामुहिक लगानी कोष योजनाको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । फण्ड एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुनेछ ।

लगानीकर्ताले यस खुलामुखी योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । इकाईमा भदौ १७ गतेदेखि भदौ २१ गते आवेदन दिन पाइनेछ । सो अवधिमा निष्काशित सबै इकाई खरीदका लागि माग नभएको खण्डमा ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इकाई खरीदका लागि लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएको बैंक तथा वित्तीय संस्था र तिनका शाखा, सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो शेयरको वेवसाइट, मोबाइल एपबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।