लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ३२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत

0
Shares

लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको गरी कुल ३२ लाख ५० हजार इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा बिहीबार सूचीकृत भएको छ ।

लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज र दुबै बैंकबीच बिहीबार सूचीकरण सम्झौता भएसँगै आगामी आइतबारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ । यससँगै दुबै बैंकको बिहीबार सूचीकृत भएको ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।