स्वदेशमै उपभोग्य वस्तु उत्पादन गरेर आयात घटाउने सरकारको मुख्य लक्ष्य

0
Shares

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वदेशमै दैनिक उपभोग्य वस्तुको उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा उनले हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको बताउँदै मन्त्री शर्माले यसका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताए ।

वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

अर्थमन्त्री शर्माले दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको बताउँदै भने:- ‘दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ। यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आईएफसीलाई आग्रह गरे । आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  २१ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।