आइएमई जनरल इन्स्योरेन्स (IGI) ले ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशत हकपदल बिक्रीको अनुमति माग्दै बिहीबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनी १०ः४ अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२० रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
आइएमई जनरलको गत बैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर पारित गर्दै बोनस शेयरपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो ।
हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया