प्रि-ओपनिङ्गमा ४८ लाखको मात्र कारोबार, २३ कम्पनीको मूल्य घट्यो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा अघिल्ला दिनहरुको तुलनामा न्यून रकमको मात्र कारोबार भएको छ ।

यसअघि प्रि-ओपनिङ्गमा करोडभन्दा धेरै कारोबार हुँदै आएकोमा कारोबार आधा करोडभन्दा तल झरेको हो । राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न थालेपछि राष्ट्र बैंकले कडाई गरेपछि बजारमा उत्साहजनक वृद्धि भएको छैन ।

आज प्रि-ओपनिङ्गमा ४७ लाख ८्र५ हजार २२१ रुपैयाँको मात्र कारोबार भएको हो । यस अवधिमा ५० कम्पनीका ६ हजार ६९२ कित्ता शेयर खरीद बिक्री भएका छन् ।

प्रि ओपनिङ्गमा नेप्से १. ८१ अंकले मात्र बढेको छ । यससँगै नेप्से २ हजार ९२८ दशमलव ८० अंकमा झरेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ५० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।