
राधी विद्युत कम्पनी (RADHI) ले आफ्ना शेयरधनीलाई बोनस वापतको कर तिर्न आग्रह गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६।७७ बाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेपनि नजगद लाभांश प्रस्ताव गरेको थिएन । कम्पनीले नगद लाभांश वितरण नगरेपछि बोनसको कर तिर्ने दायित्व शेयरधनीको काँधमा आएको हो ।
शेयरधनीहरुले कनेक्ट आईपीएसमार्फत बैंक अफ काठमाण्डू कमलपोखरी शाखामा राधी जलविद्युत कम्पनीको नाममा रहेको खाता नं. ०१०००००६३५१७५२४ रकम जम्मा गर्न वा बैंक अफ काठमाण्डूको जुनसुकै शाखामा सम्पर्क गरी कर तिर्न सकनिे कम्पनीले जनाएको छ ।
बोनसमा लाग्ने कर नतिर्दासम्म शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर फ्रिज हुने जानकारी कम्पनीले दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया