सोमबारको बुलिस बजारमा यी हुन् सर्किट मूल्यमा बढ्ने ४५ कम्पनी

0
Shares

आइतबारको १०८ अंकको घटाईपछि सोमबार नै शेयर बजार ५.७६ प्रतिशत अर्थात १६१.९४ अंकको उच्च वृद्धि देखिएको सहित बजारमा बाउन्स ब्याक भएको छ ।

सोमबार ४५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट (१० प्रतिशत) मूल्यमा बढेको छ भने थप ३० कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

यसदिन नेप्से सूचक १६१.९४ अंक (५.७४ प्रतिशत) बढेर २९८० दशमलव ७८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशतले बढेर ५५३.४० बिन्दुमा पुगेको छ । अब हेरौं कुन कुन कम्पनीका लगानीकर्ताले सर्किट मूल्यमा कमाए ?

यसदिन एक्सेल डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, ज्योती विकास बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक गरी १४ विकास बैंकको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ ।

यसैगरी सोमबारको बजारमा श्री इन्भेष्मेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स गरी ६ वटा फाइनान्स कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लाग्यो ।

यस्तै सानिमा माई हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर, अपि पावर कम्पनी, ङादी ग्रुप पावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलोपर, राधी विद्युत कम्पनी, कालिका पावर, आँखुखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी र युनाइटेड इदीमर्दी आरबि एण्ड हाइड्रोपावर गरी २३ कम्पनी र नेपाल टेलिकम, एचआईडिसीएलको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।
सबै ४५ कम्पनीका लगानीकर्ताले सोमबारको बजारबाट १० प्रतिशतका दरले नाफा कमाएका छन् ।

S.N. Symbol LTP % Change
  As of 2021-09-06 15:00:00
1 GBBL 633.70 10
2 RADHI 767.80 10
3 GHL 433.40 10
4 MLBL 632.50 10
5 UMHL 563.20 10
6 API 476.30 10
7 LEC 423.50 10
8 CHL 577.50 10
9 BARUN 576.40 10
10 KSBBL 717.20 10
11 HIDCL 407.00 10
12 EDBL 1028.50 10
13 PPCL 477.40 10
14 KPCL 706.20 10
15 AKJCL 412.50 10
16 SADBL 502.70 10
17 NHDL 623.70 10
18 GUFL 1210.00 10
19 RHPL 446.60 10
20 PMHPL 379.50 10
21 SIFC 627.00 10
22 UMRH 634.70 10
23 SAPDBL 456.50 10
24 HDHPC 363.00 10
25 SFCL 594.00 10
26 GRDBL 479.60 10
27 CFCL 686.50 10
28 JBBL 557.70 10
29 SPDL 553.30 10
30 LBBL 635.80 10
31 SINDU 509.30 10
32 RLFL 693.00 10
33 SHINE 544.50 10
34 MDB 798.60 10
35 SHPC 565.40 10
36 DHPL 378.40 10
37 HPPL 550.00 10
38 NHPC 432.30 10
39 UPPER 745.80 10
40 NGPL 823.90 10
41 NTC 1160.50 10
42 MNBBL 757.90 10
43 KRBL 536.90 10
44 GMFIL 680.90 10
45 JOSHI 407.00 10

यसदिन इक्वीटी बाहेक ऋणपत्र र सामुहिक लगानी कोष योजनाको इकाईमा मात्र गिरावट आएको छ । यसदिन नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२, आइसीएफसी डिबेञ्चर ८३, एनआईसी एशिया डिबेञ्चर २०८३/८४ को मूल्य १ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै सनराइज ब्लूचिप फण्ड, कुमारी इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, सानिमा लार्ज क्याप फण्ड र गुडविल फाइनान्स डिबेञ्चर २०८३ को मूल्य पनि घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।