शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेड (UNL) ले बढाएर लाभांश प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/८८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आवमा प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको कम्पनीले गत आवबाट शेयरधनीलाई प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव एलिना आर्चायले जानकारी दिइन् ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । साधारण सभाबाट पारित भएको ४५ कार्यदिनभित्र उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ असोज २५ गते बुकक्लोज तोकेको छ । यसअनुसार असोज २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
युनिलिभर नेपालको धितोपत्रको दोस्रो बजारमा प्रतिशेयर १९ हजार ५०० रुपैयाँ शेयरमूल्य रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया