नेपाली मिठाइ ब्राण्ड “माक्कुसे” ले तिज विशेष अफरमा १५ प्रतिशत छुट दिने

0
Shares

नेपाल र नेपाली मौलिक उत्पादनको सहयोगमा अन्य मुलुकमा समेत स्थापित गराउने अभियानका साथ व्यवसाय आरम्भ गरेको नेपाली मिठाइ ब्राण्ड “माक्कुसे” ले महिलाहरुको महान चाड तिजको अवसरमा १५ प्रतिशत छुट दिने भएको छ ।

नेपालको मिठासलाई विश्वमा नै पुर्याउन लक्ष्यका साथ पुर्व मिस नेपाल अनुष्का श्रेष्ठले सुरु गरेकी मिठाइ ब्राण्ड “माक्कुसे” ले तिजको विशेष अफरमालक्जरी बक्समा १५ प्रतिशत छुट दिन थालेको हो ।

तिजको अवसरमा मिठाइ ब्राण्ड “माक्कुसे” ले मिठाईको लक्जरी बक्समा कपाल बाध्ने रातो फुर्के धागो राखेर आकर्षक सजावट समेत गरेको छ । 

पर्वको अवसरमा प्रदान गरिएको छुटका कारण अघिल्लो दिनहरुमा भन्दा अहिले ब्यापार बढ्दै गइरहेको पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले बताइन् । बढ्दो व्यापारका कारण माक्कुसले थप २ जनालाई रोजगारी समेत प्रदान गरेको उनको भनाई छ ।

माक्कुसे ब्राण्डका उत्पादनबाट ग्राहकबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि थप उर्जा बढेको उनी बताउछिन् । “अहिले नेपाली उत्पादनलाई मेड इन नेपाललले पनि सपोर्ट गरिरहेको छ खुसी लागेको छ । चाडपर्वको समयमा नेपालीहरुले नेपाली उत्पादनलाई मन पराउनु भएको देखेर खुसी साथ साथै उत्पादनमा थप उर्जा थपिएको छ ।” अनुष्काले भनिन् ।

आफ्नै ब्राण्ड “माक्कुसे” बाट गुँदपाक तथा पुष्टकारी व्यवसायमा जम्दै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ

सानो आकारबाट सुरु भएको उत्पादनलाई हाल अनलाइन माध्यमबाट बिक्री बितरण भईरहेको छ । भोलिका दिनमा माक्कुसेलाई अन्तराष्ट्रियस्तरसम्म विस्तार गर्ने सोच ब्राण्डले राखेको छ ।

सन् २०१९ मा ‘मिस नेपाल’ को ताज पहिरिएर नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत पुगेकी अनुष्काको चर्चा अहिले त्यसरी नै उनको कामले गर्दा चुलिँदै गएको छ । २५ लाख रुपैयाँको लगानीमा २०७७ साल मंसिरदेखि औपचारिक रुपमा माक्कुसे ब्राण्डबाट यो व्यवसायमा हात हालेकी थिइन् ।

आफुले सुरु गरेको व्यवसायबाट उनले करिब चार दर्जनलाई प्रतक्ष्य रुपमा रोजगारी दिएकी छिन् । ४० जना अहिले माक्कुसे ब्राण्डमा विभिन्न भूमिकामा आबद्ध छन्। भौतिक स्टोरबाट बिक्री बितरण सुरु गरिनसकेको अवस्थामा अनलाइनबाट नै माक्कुसेले मासिक ५ लाख रुपैयाँभन्दा बढीको ब्यापार गरिरहेको छ । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।