मंगलबार स्थीर रहेको सुनचाँदीको मूल्य बुधबार घट्यो

0
Shares

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार २०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार २२० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९१ हजार ४०० रुपैयाँ, तेजावी ९० हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।