एक्सेल डेभलपमेन्टको हकप्रद पाउन कहिलेसम्म किन्नुपर्छ शेयर ?

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि शेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।

बैंकको सञ्चालक समितिको भदौ २२ गते सम्पन्न बैठकले चौधौ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्काशनका लागि असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार कम्पनीले निष्काशन गर्ने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद पाउन भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भैसकेको हुनपर्नेछ ।

बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारण सभाले शेयरधनीहरुलाई १०ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

गत जेठ २७ गते एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बैंकले साउन ३१ गते आइतबार अनुमति पाएको थियो ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकले अघिल्लो आव २०७६/७७ बाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल शेयर खरीद गर्नेले हकप्रद र बोनस दुबै पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।