एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुबैको फण्डले लाभांश वितरणका लागि भदौ २७ गते आइतबार बुक क्लोज गर्दैछन् । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात आज भदौ २४ गते बिहीबारसम्म इकाई खरीद गर्नेले मात्र लाभांश पाउनेछन् ।

गत आर्थिक वर्ष २०७७।७८ बाट एनआईसी एसिया ग्रोथ फण्डले र ब्यालेन्सड् फण्ड दुबै समान कर प्रयोजन सहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।