सानिमा इक्विटी फण्ड र लार्ज क्यापको प्रतिफल वितरणका लागि बुकक्लोज

0
Shares

सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले इकाईधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) तोकेको छन् ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित प्रतिफल वितरण प्रयोजनको लागि असोज १ गते बुकक्लोज तोकेका हुन् ।

यसअनुसार दुवै फण्डले प्रस्ताव गरेको प्रतिफल पाउन असोज १ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म सम्बन्धीत फण्डको इकाई खरीद गरी इकाईधनीले भैसकेको हुनुपर्नेछ ।

गत आर्थिक वर्ष २०७७/७८ बाट सानिमा इक्विटी फण्डले आफ्ना इकाईधनीलाई कर प्रयोजन सहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले आफ्ना इकाईधनीलाई ४ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

दुबै फण्डको प्रवद्र्धन सानिमा बैंकले गरेको छ भने सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।