एनआईबीएल एस क्यापिटलले २६ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

एनआईबीएल एस क्यापिटलले चुक्ता पूँजीको २६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

कम्पनीले असोज १५ गते लाजिम्पाटमा बिहान ११ बजे आह्वान गरेको नवौं वार्षिक साधारण सभामा कम्पनीले उक्त प्रस्ताव गरेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा बोलाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको कम्पनीले वितरण गर्ने लाभांश नेपाल इन्भेष्टमेन्ट बैंकले पाउनेछ ।

साधारण सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७७/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।