
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गैरकानुनी भएको स्पष्ट पारेको छ । बैंकले क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएमा कानुन अनुसार कारवाही हुने जनाएको हो ।
राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न समेत अनुरोध गरेको छ । क्रिप्टो करेन्सीको कारोबार गरेको भेटेमा विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही हुने केन्द्रीय बैंकले जनाएको छ ।
पछिल्लो समय क्रिप्टो करेन्सीको कारोबार बढ्न थालेको छ । विदेशका धेरै देशमा क्रिप्टो करेसिन्सीको कारोबार हुन्छ । टेस्लाजस्ता कम्पनीहरुले क्रिप्टोबाटै भुक्तानी स्वीकार्न थालिसकेका छन् । क्रिप्टो करेन्सीको कारोबार भारत तथा चीनमा पनि गैरकानुनी मानिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया