सानिमा माइ हाइड्रोपावर (SHPC) ले लाभांश १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको भदौ २४ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आव २०७६/७७ बाट कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको लाभांश ५ प्रतिशत घटेको हो ।
बैठकले आगामी कार्तिक ११ गते बिहीबार कम्पनीको दशौं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जनाएको छ ।
यसअनुसार असोज १७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन पाउनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया