साताको पहिलो कारोबार दिन आइतबार प्रि(ओपनिङ्ग सेसनमा नेप्से ११.५१ अंकले बढेर २८८७.५० अंकमा पुगेको छ ।
कारोबारमा आएका ३८ कम्पनीको मूल्य बढेको छ । दुई कम्पनीको स्थीर रहेको छ भने २ कम्पनीको घटेको छ ।
यस अवधिमा ४२ कम्पनीका १७ हजार ५६९ कित्ता शेयर १ करोड ११ लाख ३१ हजार १२२ रुपैयाँको कारोबार भएको छ । अघिल्ला दिनहरुमा आधा करोडभन्दा न्यून रकमको मात्र कारोबार हुँदै आएको थियो ।
राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न थालेपछि राष्ट्र बैंकले व्यक्तिगत धितोकर्जाको सीमा ४।१२ करोड लागू गर्दै कडाई गरेपछि बजारमा कारोबार घटेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया