अरुण काबेली पावरको लाभांश र हकप्रद प्रस्ताव पारित

0
Shares

अरुण काबेली पावर कम्पनी (AKPL) को शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट गत आवबाट प्रस्तावित बोनस शेयर र बोनसपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

भदौ २६ गते शनिबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनसपछि कायम कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भदौ १५ गते देखि २५ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार भदौ १४ गते सोमबारसम्म नेप्सेमा शेयरकारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २७ भाद्र २०७८, आइतबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।