घोडीघोडा लघुवित्तले असोज १६ गते डाक्यो विशेष सधारण सभा

0
Shares

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आगामी असोज १६ गते संस्थाको पहिलो विशेष साधारण सभा बोलाएको छ ।

लघुवित्त सञ्चालक समितिको भदौ २७ गते सम्पन्न ११४ औं बैठकले होटल रुबस वैयाबेहडी धनगढीमा बिहान ११ बजे सभा बोलाएको हो ।

लघुवित्त कम्पनीले युनिक नेपाल लघुवित्तसँग २०७७ कार्तिक २१ गते समझदारी अनुसार एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्ने उदेश्यका साथ विशेष साधारण सभा बोलाइएको छ ।

विशेष साधारण सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १०० शेयर बराबर युनिक नेपाल लघुवित्तको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

दुई लघुवित्तबीच मर्जर सम्झौतासँगै कम्पनीको शेयर कारोबार पनि रोक्का रहेको छ । यसअनुसार २०७७ कार्तिक २० गते बिहीबारसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र उक्त विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।