एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भदौ २८ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार एनआईसी एशिया बैंकको १५ लाख ७३ हजार कित्ता ८७२ कित्ता र राष्ट्रिय वाणिज्य बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । दुबै बैंकको ऋणपत्र मंगलबारदेखि लगानीकर्ताले खरीदविक्री गर्न योग्य भएको छ ।
एनआईसी एशिया बैंकले २०७८ असार ६ देखि २० गतेसम्मद श वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआईसी एशिया ऋणपत्र २०८८ नामक ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि २०७८ जेठ २५ देखि २८ गतेसम्म ६ वर्ष अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरमा नै आरविविएल डिबेञ्चर २०८३ नामक ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया