कस्तो रह्यो बुधबारको प्रि-ओपनिङ्ग कारोबार ?

0
Shares

राष्ट्र बैंकको शेयर धितोकर्जाको कडाईपछि सुस्त बन्न थालेको शेयर बजारको कारोबारले बुधबारको प्रि-ओपनिङ्गको कारोबारमा पनि निन्तरता पाएको छ ।

यसअघि ५० लाखदेखि एक करोडभन्दा बढीको कारोबार हुँदै आएकोमा प्रि-ओपनिङ्ग कारोबार हुने कम्पनी र शेयर संख्या दुबै घट्दा कारोबार रकम पनि उल्लेख्य घट्न थालेको अवस्था छ ।

बुधबार प्रि ओपनिङ्ग सेसनमा कारोबार रकम २५ लाख २ हजार ९११ रुपैयाँमा खुम्चिएको छ ।

आजको बजारमा नेप्से ३.९४ अंकले बढेर २९३३ दशमलव २३ अंकमा पुगेको छ । कारोबारमा आएका १८ मध्ये १२ कम्पनीको मूल्य बढेको छ । चार कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीका स्थीर रहेको छ ।

यस अवधिमा १८ कम्पनीका ३ हजार ७२३ कित्ता शेयर १८७ वटा संख्यामा खरीद बिक्री भएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३० भाद्र २०७८, बुधबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।