सुनको भाउ तोलामा ७०० रुपैयाँले सस्तियो, चाँदीको स्थिर

0
Shares

सुनको भाउ नेपाली बजारमा बिहीबार तोलामा ७०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ६०० रुपैयाँले बढेको सुनको भाउ बिहीबरै ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजावी सुन ९० हजार रुपैयाँमा झरेको छ ।

बुधबार तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजावी सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता बिहीबार चाँदीको भाउ भने स्थीर बनेको छ । चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।