पुनर्बीमाका सञ्चालक डिल्लीराज अर्यालको राजीनामा स्वीकृत

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले सञ्चालक डा. डिल्लीराज अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनी सञ्चालक समितिको भदौ ३० गते सम्पन्न ३६० औं बैठकले अर्यालले दिएको राजीनामा स्वीकृत गरेको हो । अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत भएको कम्पनीका सचिव विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।

नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नरहेकोले कम्पनीको सञ्चालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण देखाई उनले भदौ २७ गते राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।