नेप्सेको सबै सिस्टम शुक्रबारदेखि तीन दिन बन्द हुने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेभसाइटको सेवाहरू असोज १ गते, शुक्रबार देखि ३ गते, आइतबारसम्म पूर्ण रुपमा बन्द हुने भएको छ ।

नेप्सेले डाटा स्तरोन्नतिको काम गर्नका लागि ३ दिन सबै सिस्टमहरू नचल्ने जनाएको छ । नेप्सेले आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ ।

नेप्सका प्रवक्ता मुराहरी पराजुलीले सार्वजनिक विदाको अवसर पारेर वेवसाइटको स्तरोन्नतिको कार्य गर्न लागिएको जानकारी दिए ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।