डिप्रोक्स लघुवित्तको असोज २३ मा साधारण सभा, के-के छन् प्रस्ताव ?

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) को २० औं वार्षिक साधारण सभा यहि असोज २३ गते शनिबार बस्ने भएको छ ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको असोज १ गते सम्पन्न ३०० औं बैठकले २० औं सभा चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७७।७८ को नाफाबाट चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाखको २० प्रतिशत (२३ करोड १२ लाख ४९ हजार) बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत (१ कराड २१ लाख ७५ हजार) लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभामा नाडेप लघुवित्तसँग भएगरेको सम्पूर्ण मर्जर सम्झौता तथा आवश्यक निर्णयका लागि सञ्चालक समितिलाई अख्तियारी, कम्पनीको पूँजीवृद्धि तथा प्रबन्धपत्र तथा नियमावली संसोधन र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा पनि सभामा रहेका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गते मंगलबार गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसअनुसार असोज ११ गते सोमबारसम्म कायम भएका शेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउने भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७८, शनिबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।