लक्ष्मी क्यापिटलले लाभांश पारित गर्न आह्वान गर्यो साधारण सभा

0
Shares

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारितसाधारण सभा बोलाएको छ।

कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गराउन असोज २४ गते १३ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ करोड ५ लाख बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । साथै, प्रचलित कानून बमोजिम सञ्चालक सदस्यको नियुक्ति गर्ने रहेको छ

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ आश्विन २०७८, आइतबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।