नेरुडे लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीको १४ औं साधारण सभाले पारित बोनस शेयरधनीको खातामा पठाएको हो । गत फागुन २२ गते सम्पन्न १४ औं साधारण सभाबाट कम्पनीले ८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई कारोेबार हुने व्यवस्था समेत भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।