सानिमा बैंकले घोषणा गर्यो गत आवको लाभांश

0
Shares

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ आश्विन २०७८, बिहिबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।