चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्य वृद्धि बढेको छ । आर्थिक क्षेत्र चलायमान भएसंगै मुल्य वृद्धि पनि बढेको हो ।
२०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको केन्द्रीय बैंकदे जनाएको छ । २०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमुहको मूल्य वृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको थियो ।
चालु आवको साउनमा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । गत आवमा सोही महिनामा यस्तो मुद्रास्फीति ७.३३ प्रतिशत रहेको थियो ।
चालु आवको पहिलो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.३० प्रतिशत, ५.७२ प्रतिशत र ६.१९ प्रतिशत रहेको छ । चालु आवको साउन महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.५४ प्रतिशत रहेको केन्द्रीय बै.कले जनाएको छ ।
२०७८ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.०५ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क १.३४ प्रतिशतले बढेको थियो । चालु अवाको साउनमा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.८० प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया