वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले स्यानिटरी प्याडको भन्सार भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम मार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
स्यानीटरी प्याड आयातमा आर्थिक वर्ष २०६९।७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको मन्त्रालयले स्पष्ट पारेको छ। ‘बढाइएको होइन’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ।’ मन्त्रालयको प्रेस नोटमा भनिएको छ ।
सरकारले स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।
‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं।’
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया