नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित नगद लाभांश पाउन आइतबारसम्म इकाईधनी भैसकेको हुनुपर्नेछ ।
योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल (नगद लाभांश) वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते सोमबार इकाईधनी दर्ता किताब बन्द मिति (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात असोज १० गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
दुबै योजनाको कोष प्रवद्र्धक नबिल बैंक लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया