युनिलिभर नेपालद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

0
Shares

युनिलिभर नेपाल लिमिटेड (UNL) ले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।

कम्पनीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने जनाउँदै खाता अद्यावधिक गर्न भनेको हो ।

शेयरधनीहरुले शेयर अभौतिकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्र लाभांश रकम प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनी गत आवबाट प्रतिशेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हालसम्म पनि हितग्राही खाता नभएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं वा अन्य कुनै निक्षेप सदस्यकोमा हितग्राही खाता खोल्न सकनिे कम्पनीले जनाएको छ ।

भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।