कारोबार म्याच हुन नसक्दा मानुषी लघुवित्तको सोमबार शेयर कारोबारमा आउन सकेन

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ११ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार हुन सकेन ।

धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि शेयर कारोबारका लागि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ३ लाख ९३ हजार ७५० कित्ता प्राथमिक शेयर (आईपीओ) सहित नेप्सेमा १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गरेको थियो ।

शेयर सूचीकरण गरेको दोस्रो दिनदेखि नेप्सेमा शेयर कारोबार खुला हुन पाउने भएपनि स्पेशल प्रि ओपन सेसनमा कारोबार म्याच नहुँदा कारोबार हुन नसकेको हो ।

पछिल्लो समय आईपीओमा पर्ने गरेको उच्च आवेदन र शेयर पाउने संख्या न्यून हुँदा पनि बजारमा नियमित कारोबार खुल्न कठिनाई देखिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको शेयर बाँडफाँड गर्दा धेरै कारोबार खाता नखोलेका लगानीकर्ताले शेयर पाएका कारण पनि नियमित कारोबार हुन नसकेको हो ।

सोमबारको स्पेशल प्रि ओपन सेसनको कारोबारमा मानुषी लघुवित्तको शेयर म्याचिङ्ग हुन नसकेपछि असोज ११ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा कारोबार म्याच नभएपछि कारोबार हुन नसकेको हो । यससँगै अब मंगलबार स्पेशल प्रि ओपन सेसनमा कारोबार म्याचिङ्ग भएको खण्डमा नियमित कारोबारमा आउनेछ ।

स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग कारोबारपछि मात्र नियमित समयमा कारोबार खुल्ने प्रावधान छ । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नहुँदासम्म नियमित कारोबार हुन सक्दैन ।

नेप्सेले लघुवित्तको दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस कारोबार संकेत (सिम्बोल) दिएको छ । यस्तै पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

लघुवित्तले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरी भर्दा ७ गते सोमबार बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।