जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५७ करोड नविकरण बीमाशुल्क, ६ अर्ब ३८ करोड प्रथम बीमाशुल्क र २० करोड वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफले सर्वाधिक ७ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको छ । नेपाल लाइफले संकलन गरेको यो कुल बीमाशुल्क रकम कुल रकमको २७ प्रतिशत हो ।
जीवन बीमा कम्पनीद्धारा दुई महिनामा ६.३८ अर्बको नयाँ व्यवसाय विस्तार
नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थान दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको छ । संस्थानले दुई महिनामा ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको हो । यसैगरी लाइफ इन्स्यारेन्स कर्पोरेन्स नेपालले ३ अर्ब ३६ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड, युनियन लाइफले १ अर्ब ३५ करोड र एशियन लाइफले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
| Life Insurance Company | Premium Collecation in Arba | |
| First Premium Till Bhadra 2078 | Total Premium Till Bhadra End 2078 |
|
| Nepal Life Insurance | 1.18 | 7.62 |
| Rastriya Beema Sansthan | 0.38 | 4.34 |
| Life Insurance corporation | 0.41 | 3.36 |
| National Life Insurance | 0.66 | 2.41 |
| Union Life Insurance | 0.37 | 1.35 |
| Asian Life Insurance | 0.25 | 1.05 |
| Citizen Life Insurance | 0.54 | 0.96 |
| American Life Insurance (Met life) | 0.27 | 0.93 |
| Surya Life Insurance | 0.23 | 0.83 |
| Prime Life Insurance | 0.17 | 0.78 |
| Reliable Nepal Life Insurance | 0.43 | 0.66 |
| Gurans Life Insurance | 0.10 | 0.64 |
| Sun Nepal Life Insurance | 0.17 | 0.60 |
| I.M.E. Life Insurance | 0.24 | 0.59 |
| Jyoti Life Insurance | 0.22 | 0.55 |
| Reliance Life Insurance | 0.21 | 0.51 |
| Prabhu Life Insurance | 0.28 | 0.45 |
| Sanima Life Insurance | 0.16 | 0.32 |
| Mahalaxmi Life Insurance | 0.11 | 0.20 |
| Total | 6.38 | 28.15 |
अन्य दश जीवन बीमा कम्पनीहरुले ५१ करोडदेखि १ अर्बको बीचमा बीमाशुल्क संकलन गरेका छन् । सिटिजन लाइफले ९६ करोड, मेट लाइफले ९३ करोड, सूर्या लाइफ ८३ करोड, प्राइम लाइफ ७८ करोड, रिलायबल नेपाल लाइफ ६६ करोड, , गुराँस लाइफ ६४ करोड, सन नेपाल लाइफ ६० करोड, आइएमई लाइफ ५९ करोड, ज्योति लाइफ ५५ करोड र रिलायन्स लाइफले ५१ करोड बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा महालक्ष्मीलाइफले सबैभन्दा कम २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने सानिमा लाइफले ३२ करोड तथा प्रभु लाइफले ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया