सुनचाँदीको भाउ मंगलबार घट्यो, कतिमा हुँदछ कारोबार ?

0
Shares


नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार ५५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ८९ हजार ३०० रुपैयाँ, तेजावी सुन ८८ हजार ८५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।