प्रि-ओपन सेसनमा १४ लाखको मात्र कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा १४ लाख २८ हजार २२० रुपैयाँको शेयर कारोबार भएको छ ।  यसदिन १२ कम्पनीको २ हजार ५०३ कित्ता शेयर ४० वटा कारोबारमा खरीद बिक्री भएको हो ।

यसदिन १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

नेप्से परिसूचक १.५१ अंक बढेर २६६७.४५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.२७ अंक बढेर ५०४.७३ बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन बुधबार ५०.५८ अंक बढेर नेप्से २६६५.९३ विन्दुमा बन्द भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।