सुनको भाउ बिहीबार थप सस्तियो, चाँदी पनि घट्दै

0
Shares

सुनको मूल्य बिहीबार नेपाली बजारमा थप घटेको छ । बुधबार तोलाको १०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार थप २०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेर तोलाको ८८ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको भाउ १ हजार १२० रुपैयाँ तोकिएको छ । बुधबार १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ३५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार ४५० रुपैयाँ र चाँदीको भाउ १ हजार १५५ रुपैयाँ कायम गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहिबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।