एनआईसी एशिया लघुवित्तको साढे पाँचभन्दा कम लाभांश प्रस्तावपछि शेयरमूल्य १२७ रुपैयाँले घट्यो

0
Shares

एनआईसी एशिया लघुवित्त (NICLBSL) ले लगानीकर्तालाई निराश तुल्याउने लाभांश घोषणा गरेपछि कम्पनीको शेयरमूल्य मंगलबार नकारात्मक सर्किट लागेर घटेको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रतिशेयर ५.४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि लघुवित्तको शेयरमूल्य दश प्रतिशत अर्थात १२६.९० रुपैयाँले घटेको हो ।

आइतबार १२६९ रुपैयाँमा अन्तिम कारोबार भएको लघुवित्तको थोरै लाभांश प्रस्तावकै कारण दश वटा कारोबारमा नै नकारात्मक सर्किट लागेर घटेको थियो । लघुवित्तको प्रतिशेयर १२६.९० रुपैयाँ मूल्य घटेर ११४२.१० रुपैयाँमा झरेको छ ।

एनआईसी एशिया लघुवित्तले घोषणा गर्यो लगानीकर्तालाई निराश तुल्याउने लाभांश

नेप्सेको मार्केट डेप्थमा लघुवित्तको शेयर खरीदकर्ता शुन्य रहेको छ भने बिक्री अर्डरतर्फ ६४१ वटा अर्डर मार्फत ७१ हजार २३८ कित्ता शेयर ११४२.१० रुपैयाँमा बिक्रीका लागि राखेका छन् । लघुवित्तको कुल ८९ हजार ७७५ कित्ता शेयर बिक्रीमा रहेको छ ।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले आईपीओ निष्कासन गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।

स्वदेशी लघुवित्तसँग मर्जर गरी एकीकृत कारोबार गरेको लघुवित्तले आकर्षक लाभांश बाँड्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । लघुवित्तले गत आवबाट ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । लाभांशको रुपमा भने गत आवको नाफाको १६.६६ प्रतिशत अर्थात ९ करोड ४१ लाख ३ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

दुई लघुवित्तबीच मर्जर भई कारोबार खुलेपछि लघुवित्तको प्रतिकित्ता शेयरमूल्य २०७८ बैशाख ५ गते आइतबार अधिकतम २०३७ रुपैयाँसम्म पुगेर कारोबार भएको थियो । एक वर्ष अवधिमा लघुवित्तको न्यूनतम मूल्य ७०८ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।