सर्वोत्तम सिमेन्टको शेयर प्रकरण: धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

0
Shares

सरकारले सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डका निलम्बित अध्यक्षलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषदले असोज ११ गतेकोे ढुंगानालाई स्पष्टीकरण सोधेको थियो । उनले सरकारलाई बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

ढुंगानाले ‘बुक बिल्डिङ’ मार्फत आईपीओ बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर छोरी रेबिका ढुंगानाको नाममा खरिद गरेका थिए ।

बोर्ड अध्यक्ष ढुगांनासहित सर्वोत्तम शेयर खरिद प्रकरणमा बोर्डका संचालक तथा चन्द्र प्रसाद ढकाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । उनीहरु दुवै जनाले राजीनामा दिइसकेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  २० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।