सानिमा बैंकको साधारण सभा आह्वान, लाभांशको बुकक्लोज कात्तिक ७ गते

0
Shares

सानिमा बैंकले कात्तिक १४ गते आइतबार बैंकको १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

कोभिड संक्रमण जोखिमका कारण साधारण सभामा सहभागी हुने शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सभाले बैंक सञ्चालक समितिथले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

यस्तै मर्जर प्राप्तीका लागि समेत बैंकको साधारण सभाले निर्णय गर्ने भएको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने भएको छ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेन्डा पनि सभामा छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार कात्तिक ६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।