हिमालयन बैंकले तोक्यो बडा दशैंको विदा खुल्ने काउन्टर

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले यस बडा दशैं तथा दिपावलीको सार्वजनिक बिदाका दिनहरुमा खुला हुने बैंकको शाखा कार्यालहरु तोकेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवाहरु उपलब्ध गराउने अभिप्रायले निम्न मिति र समयमा निम्न शाखाहरु खुल्ला रहने जनाएको छ ।

बैंकका अनुसार बैंकले असोज २६ गते मंगलबार फूलपाती र २७ गते महाअष्टमी बुधबारका दिन बैंकको ठमेल शाखा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म तीन घण्टा खुला गरेर सेवा दिने भएको छ । महानवमी र विजया दशमीको दिन अर्थात विहीबार र शुक्रबार भने बैंक पूर्ण रुपमा बन्द हुने भएको छ । असोज ३१ गते आइतबारदेखि भने बैंक नियमित समयमा नै खुला हुनेछ ।

प्रदेश नं १ सरकारले २०७८ असोज ३१ गते सार्वजनिक विदा दिएकाले उक्त प्रदेशमा सो दिन झापाको दमक शाखा कार्यालय बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म पूर्ण कार्यालय समय खुला रहने भएको छ ।

यस्तै बैंकले दिपावलीको सार्वजनिक बिदामा कार्तिक १८ बिहिबार लक्ष्मी पूजा दिनमा पनि ठमेल शाखा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म तीन घण्टा खुला गरेर सेवा दिने भएको छ ।

बडा दशैंको सार्वजनिक बिदाका दिन

दिन

मिति

शाखा

समय

फूलपाती

आश्विन २६, २०७८ मंगलबार

ठमेल

बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म

महाअष्टमी

आश्विन २७, २०७८

ठमेल

बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म

दिपावलीको सार्वजनिक बिदाका दिनमा

दिन

मिति

शाखा

समय

लक्ष्मी पूजा

कार्तिक १८, २०७८ बिहिबार

ठमेल

बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म

       

२०७८ आश्विन ३१ गते प्रदेश नं १ सरकारबाट दिइएको सार्वजनिक विदाका दिन उक्त प्रदेशमा खुल्ला रहने शाखा कार्यालय

दिन

मिति

शाखा

समय

आइतबार

आश्विन ३१, २०७८

दमक

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।